फिल्मी फण्डा । कलश इभेन्ट्सको आयोजनामा सम्पन्न ‘७ औँ लिटिल मिस एन्जल एण्ड लिटिल मास्टर नेपाल–२०२६’ को उपाधि लिटिल मिसतर्फ आर्याही श्रेष्ठ र लिटिल मास्टरतर्फ सफल न्यौपानेले जितेका छन्। दुवै समृद्धि स्कुलका विद्यार्थी हुन्।
प्रतियोगितामा मिमांसा माकजु श्रेष्ठ ‘लिटिल मिस एन्जल’को फस्ट रनरअप तथा आकृति महर्जन सेकेण्ड रनरअप भइन्। यस्तै, ‘लिटिल मास्टर नेपाल’तर्फ निर्वेश श्रेष्ठ फस्ट रनरअप र जिनियस गुरुङ सेकेण्ड रनरअप घोषित भए।
प्रतियोगितामा विभिन्न विधागत अवार्डसमेत प्रदान गरिएको थियो। आर्याही श्रेष्ठ ‘मिस इन्टेलिजेन्ट’ तथा सफल न्यौपाने ‘मास्टर मल्टिमिडिया’ घोषित भए। अन्य सहभागीहरूले पनि प्रतिभा, व्यक्तित्व, नेतृत्व, सिर्जनशीलता र सांस्कृतिक प्रस्तुतिका आधारमा विभिन्न उपाधि प्राप्त गरेका थिए।
सुरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा दीना गुरुङ, गुराँस लामा, प्रकाश के.सी., डा. संगीता सिं तथा एन्जेला श्रेष्ठ रहेका थिए।
कलश इभेन्ट्सका अध्यक्ष सञ्जय महर्जन का अनुसार प्रतियोगिता बालबालिकाको प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यकारी निर्देशक वर्षा महर्जन ले यस्ता कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्।