फिल्मी फण्डा – ऋचा शर्मा अभिनित ‘कौसीद’को ट्रेलर सार्वजनिक भएको छ । ‘कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको छ ।
कुमार भाष्कर निर्देशित ‘कौसीद’लाई केदार भुसालले निर्माण गरेका हुन् । फिल्ममा ऋचासहित भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई लगायतको अभिनय छ ।