फिल्मी फण्डा - ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्म बनाएपछि अब एसएस राजामौली नयाँ फिल्म लिएर आउँदैछन् । भारतीय फिल्ममा धेरै बायोपिक बने, तर आफैं र आफ्ना अग्रजमाथि कुनै बायोपिक बनेको छैन ।
तर अब भारतीय फिल्मका अग्रजमाथि बायोपिक बन्न लागेको छ, जसको नाम ‘मेड इन इण्डिया’ राखिएको छ । तर यो फिल्मलाई राष्ट्रिय पुरस्कार विजेता नितिन कक्कडले निर्देशन गर्नेछन् । यस फिल्मलाई एसएस राजामौलीले निर्माण गर्नेछन् ।