नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोइ’ दशैंमा

फिल्मी फण्डा । निर्देशक एभरेष्ट सूर्य बोहराको प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने भएको छ। दशैंको अवसर पारेर रिलिज हुने फिल्मको निर्माण पक्षले प्रदर्शन मिति सार्वजनिक गरेको हो।

निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मले फर्स्टलुक सार्वजनिक भएसँगै दर्शकमाझ थप उत्सुकता बढाएको थियो। पारिवारिक कमेडी जनरामा निर्माण भएको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन्। फिल्मको कथा निर्देशक बोहराकै रहेको छ भने पटकथा लेखनमा शिवम् अधिकारीले सहकार्य गरेका छन्।

झण्डै दुई दशकपछि हास्य कलाकार नारायण त्रिपाठीले यही फिल्ममार्फत ठूलो पर्दामा पुनरागमन गर्दैछन्। मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहेको छ।

आरआर फिल्म्सले वितरण गर्ने ‘चमेलीको पोइ’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech