१७औँ डी सिने अवार्ड सम्पन्न

फिल्मी फण्डा । छाँयाछवी क्रियशनको आयोजनामा १७औँ संस्करणको डी सिने अवार्ड चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न भएको छ। नेपाली चलचित्र उद्योगको प्रवर्द्धन, संरक्षण तथा चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको अवार्ड समारोहमा विभिन्न विधाका चलचित्रकर्मीहरू सम्मानित तथा पुरस्कृत भएका छन्।

यस वर्षको चलचित्रकर्मी रजत सम्मान निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई प्रदान गरियो। रेखा फिल्म्स छाँयाछवी चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार सचित खड्का पुरस्कृत भए। कार्यक्रममा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली तथा समाजसेवी विश्वराम माकजु सम्मानित भए।

समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको महत्वबारे प्रकाश पारे भने अध्यक्ष शान्तिप्रियले डी सिने अवार्डको १७ वर्षे यात्राको समीक्षा प्रस्तुत गरे। कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, चलचित्रकर्मी तथा चलचित्र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

२०८१ सालमा प्रदर्शन भएका चलचित्रका आधारमा प्रदान गरिएको अवार्डमा ‘अञ्जिला’ उत्कृष्ट चलचित्र घोषित भयो। ‘पूर्ण बहादुरको सारङ्गी’बाट विजय बराल उत्कृष्ट अभिनेता तथा ‘बेहुली फ्रम मेघौली’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन्।

१७औँ डी सिने अवार्डका विजेताहरू

उत्कृष्ट चलचित्र :
अञ्जीला – मुन लभ इन्टरटेनमेन्ट प्रा. लि

उत्कृष्ट निर्देशक :
मिलन चाम्स – अञ्जीला

उत्कृष्ट अभिनेता :
विजय बराल – पूर्ण बहादुरको सारङ्गी

उत्कृष्ट अभिनेत्री :
स्वास्तिमा खड्का – बेहुली फ्रम मेघौली

उत्कृष्ट सह अभिनेता :
जीतु नेपाल – कार्साङ

उत्कृष्ट सह अभिनेत्री :
ऋचा घिमिरे – तेल भिसा

उत्कृष्ट चरित्र अभिनय :
राजबल्लभ कोइराला – एक्टर टेक वान

उत्कृष्ट नव निर्देशक :
चन्द्र पन्त – ह्रस्व दीर्घ

उत्कृष्ट लेखन :
लक्ष्मण सुवेदी – सतिदेवी

उत्कृष्ट छायांकार :
पुरुषोत्तम प्रधान – पिताम्बर

उत्कृष्ट सम्पादक :
वन्दे प्रसाद – पिताम्बर

उत्कृष्ट गीतकार :
सुरेन्द्र राना – रुकुम मैकोट (खुश्मा)

उत्कृष्ट संगीतकार :
अर्जुन पोखरेल – कसम बत्तिको (ज्वाइँ साब)

उत्कृष्ट गायक :
सविन सुवेदी – बिहे भाको छैन (छक्का पञ्जा ५)

उत्कृष्ट गायिका :
बेनीशा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)

उत्कृष्ट द्वन्द्व निर्देशक :
अष्ट महर्जन – एक्टर टेक वान

उत्कृष्ट नृत्य निर्देशक :
रामजी लामीछाने – जुनिजुनि भरिलाई (दुखी आत्मा)

उत्कृष्ट जुरी अवार्ड :
कृषा चौलागाई – पिताम्बर

उत्कृष्ट डायोस्पोरा चलचित्र :
शंकर घिमिरे – तेलभिसा

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech