फिल्मी फण्डा। महिला सशक्तीकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ आयोजना हुने भएको छ।
समारी इन्टरनेशनल इभेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताको अडिसन आगामी जेठ २३ गते शनिबार आयोजना गरिने भएको हो। प्रतियोगितामा अविवाहित महिलाले ‘मिस’ तथा विवाहित महिला, एकल आमा र सम्बन्धविच्छेद गरेका महिलाले ‘मिसेस’ विधामा सहभागिता जनाउन सक्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले महिलाहरूलाई आफ्नो प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता तथा सामाजिक प्रभाव प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न चाहने महिलाका लागि यो महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ।
प्रतियोगितामा सहभागी हुन एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। अडिसनमा छनोट हुन नसकेका सहभागीलाई उक्त शुल्क पूर्ण रूपमा फिर्ता गरिने आयोजकले जनाएको छ।
सहभागीहरूले अनलाइनमार्फत, क्यूआर कोड स्क्यान गरेर वा अडिसनकै दिन कार्यक्रमस्थलमा पुगेर आवेदन फाराम भर्न सक्नेछन्।
‘जीवनसाथी खोज्नुहोस्, विश्वाससाथ’ नारासहित सञ्चालन भइरहेको बिहे सेवाको पावर्ड बाइ सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताले महिलाहरूको प्रतिभा, क्षमता र नेतृत्व कौशललाई उजागर गर्दै समाजमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
समारी इन्टरनेशनल इभेन्ट प्रालिले आयोजना गर्न लागेको यस प्रतियोगिताले महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको दाबी छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९८६१४५६४७७ र ९७०६६३९१४४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।