‘वानर सेना’को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । १९ असोजबाट सार्वजनिक प्रदर्शनमा आउने लागेकाे हाे  । फिल्म अर्पण गिरी (अरमान जंग)ले निर्देशन गरेका हुन् । निर्देशक गिरीको यो डेब्यु फिल्म हो । फिल्मको कथा पौराणिक रहेकाले पनि दसैँको आसपास पारेर रिलिज गर्न लागिएको निर्देशक गिरी बताए ।

विनोद सापकोटाको छायाङ्कन, निर्देशक अर्पण गिरीको सङ्गीत, गीत, नारायण रिजालको कोरियोग्राफी, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व रहेको फिल्म बन्दे प्रसादले सम्पादन गरेका छन् । 

फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देश गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्दै छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech