फिल्मी फण्डा । नेपाली चलचित्र ‘मालती मंगले’ को अन्तर्राष्ट्रिय प्रदर्शन अभियान सुरु भएको छ। चलचित्रका निर्माता तथा चर्चित गायक रामकृष्ण ढकाल चलचित्रको विश्वव्यापी प्रदर्शनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।
अमेरिका, क्यानडा र अस्ट्रेलियामा विशेष प्रदर्शनसँगै दर्शक भेटघाट र सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। प्रदर्शन तालिकाअनुसार जुन ५ मा बोस्टन, जुन ६ मा न्यु ह्याम्पसायर तथा त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो, टेक्सास र क्यानडाको टोरन्टोमा चलचित्र प्रदर्शन हुनेछ। जुलाई ४ मा Sydney मा रेड कार्पेट प्रिमियर आयोजना गरिने निर्माण पक्षले जनाएको छ।
प्रकु पाण्डेय निर्देशित चलचित्रमा विजय, वर्षा, मेक्सम, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ। रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको अन्तर्राष्ट्रिय यात्राले प्रवासमा रहेका नेपाली दर्शकमाझ उत्साह थप्ने अपेक्षा गरिएको छ।