फिल्मी फण्डा । नेपाली फिल्म ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको छ । नेपालसहित अमेरिका र क्यानडामा प्रदर्शन भइरहेको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ ।
प्रकु पाण्डेय निर्देशित फिल्म रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । फिल्ममा विजय, वर्षा, मेक्सम, प्रकाश घिमिरे, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन तथा कृष्ण भण्डारीको रंग संयोजन रहेको छ ।