फिल्मी फण्डा । राजधानीमा सम्पन्न ग्लोबल स्टार अवार्ड–२०२६ ले कला, सञ्चार, संगीत, फेसन र सामाजिक योगदानका विविध क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै दर्जनौं स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। दक्ष ईन्टरनेशनलको आयोजना र राष्ट्रखबरको सहकार्यमा सम्पन्न कार्यक्रममा पुराना पुस्तादेखि नयाँ प्रतिभासम्मलाई विभिन्न विधामा सम्मान र अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रकी वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई फिल्म इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ प्रदान गरियो। त्यस्तै लोकगायक तथा सञ्चारकर्मी रामप्रसाद खनाललाई लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६ बाट सम्मानित गरिएको थियो।
वरिष्ठ फिल्मकर्मी निर शाह प्रमुख अतिथि रहेको कार्यक्रममा हास्यव्यंग्यकार एवं गायक मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथि तथा पूर्व उपसभामुख एवं वर्तमान प्रतिनिधी सभा सदस्य इन्दिरा राना, हास्य कलाकार राजाराम पौडेल, गायिका देविका वन्दना, पत्रकार विदुर गिरी र नवराज बजगाईं, पूर्व सचिव भीम उपाध्याय, गायक आनन्द कार्की, इभेन्ट निर्देशक निशुकान्त झालगायत अतिथी थिए। कार्यक्रममा सञ्चारकर्मी अखण्ड भण्डारी, उदयराज शर्मा, वीरेन्द्र जैरु, खेमबहादुर बम, कल्पना शर्मा, गायिका सुनिता लुईंटेललगायतलाई आआप्mनो विधिामा ग्लोबल स्टार विशेष सम्मान प्रदान गरिएको थियो।
संगीततर्फ गायक यम बरालले लेगेसी एचिभमेन्ट अवार्ड प्राप्त गरे भने अभिनेता पल शाह ग्लोबल स्टार अफ द डिकेड (मोडल) अवार्डबाट पुरस्कृत भए। देवकुमार तामाङ, बाबु क्षेत्री र सपु खत्रीले गायनसम्बन्धी विभिन्न अवार्ड प्राप्त गर्दा ध्रुवराज खड्का, रामचन्द्र चन्द र अमित सापकोटालाई लोकसंगीत विधामा सम्मान गरिएको थियो।
गीत, सिर्जना, अभिनय र मोडलिङसँग सम्बन्धित विभिन्न विधामा पनि अवार्ड प्रदान गरिएको थियो। अनुप अर्यालले क्रिटिक्स च्वाइस एक्टिङ अवार्ड प्राप्त गर्दा अम्बिका तामाङ, कुमारी गुरुङ, मञ्जु राना, सपना जनक, सरिता तामाङ, प्रिज्वल भण्डारी र राधाकृष्ण बसौलालाई मोडलिङ क्षेत्रका विभिन्न अवार्ड प्रदान गरियो। उषा उप्रेती म्युजिक भिडियो मोडलिङ अवार्डबाट सम्मानित भइन्।
फेसन, मेकअप र ब्युटी क्षेत्रका उमा बस्नेत, राजेश्वरी शिल्पकार, विद्या श्रेष्ठ, सन्तोषी पराजुली, दीपा शाही, अमित्रा ढेके, अस्मिता थापा, निर्मला फुयाँल बोहोरा, ललिता जोशी श्रेष्ठ, टीका पुन गुरुङ र रोशना राजथलालगायत व्यक्तित्वलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।
त्यस्तै सिनेमेटोग्राफी, निर्देशन तथा प्राविधिक विधातर्फ रुपेश थापा, देवेन्द्र पाण्डे, डिजे युवा (युवराज भण्डारी) र आलिस खनाल पुरस्कृत भए भने अश्विनीकान्त झाले पेजेन्ट कोरियोग्राफी अवार्ड प्राप्त गरे।
आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले विभिन्न क्षेत्रमा सक्रिय प्रतिभालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रम निर्देशक राजेन्द्र लुइटेलले आगामी संस्करणलाई अझ विस्तारित र प्रभावशाली बनाइने बताए।