फिल्मी फण्डा । नायिका निता ढुङ्गानाको डेब्यु निर्देशनमा बनेको फिल्म पार्वतीको फस्ट लुक क्यारेक्टर पोस्टर रिलिज गरिएको छ । काठमाडौं स्थिति एक फिल्महलमा पत्रकार सम्मेलनको बिचमा फिल्मको पोस्टर रिलिज गरिएको हो ।
२ फरक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले अजिटम सम्बन्धि कथालाई फिल्ममा उठाएको जानकारी दिएको छ । कथित रुपमा समाजमा समस्याको रुपमा हेरिएको अजिटम कुनै समस्या नभई विशेष गुण या क्षमताको रुपमा फिल्मले देखाउने बताएको छ । निता स्वयंले अजिटम भएको क्यारेक्टर पार्वतीको भुमिका निभाएकि छिन् ।
फिल्मको बारेमा बोल्दै निर्देशक तथा अभिनेत्री निताले फिल्म पार्वतीबाट आफुले समाजमा रहेको फरक र महत्त्वपूर्ण बिषय उठान गर्न खोजेको बताईन् । केही नयाँ र प्रभावकारी बिषयमा फिल्म बनाउने अठोट लिएर आफुले पार्वतीको निर्देशन र महत्त्वपूर्ण भुमिका निभाएको उनले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै निर्माता हरिहर अधिकारीले पार्वती आफुले कुनै नाफाको लागि नभई सामाजिक दायित्वको लागि निर्माण गरेको दाबि गरे । फिल्मले समाजलमई परिवर्तन गर्न सक्ने देखेरै आफुले बजेटको प्रवाह नगरि खर्च गरेको हरिहरले जानकारी दिए ।
निर्माता हरिहरलाई कार्यकारी निर्माताको रुपमा शंकर पाण्डेले सघाएका छन् । शिवम् अधिकारीले लेखेको फिल्मलाई सुदिप बरालले क्यामेरामा कैद गरेका छन् ।
फिल्ममा निताको अलावा अशोक दर्जी, दिपा श्रि निरौला, सिरु बिष्ट, आशा पौडेल, दिप्त प्रकाश अधिकारी, राजेन्द्र नेपाली, राधिका कँडेल, सुवास गजुरेल, राज पञ्जानी लगायत कलाकारहरुको महत्त्वपूर्ण भुमिका रहेको छ ।
फिल्म भदौ १२ गतेदेखि रिलिज हुने फिल्मको प्रचारप्रसार जिम्मेवारी कुमार आचार्यले सम्हालेका छन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एफ डि कम्पनी र एप्पल कम्पनी मिलेर संयुक्त वितरण गर्दैछन् ।