पूजा शर्मापछि ‘मन विनाको धन २’मा महेश त्रिपाठी जोडिए

फिल्मी फण्डा। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्देशक बुढाथोकीले महेशसँग कागजी सम्झौता गरिसकेका छन् ।

 

फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन । पारिवारिक तथा सामाजिक कथावस्तुमा फिल्म निर्माण हुने जनाइएको छ । यसअघि फिल्ममा अभिनेत्री पूजा शर्मा अनुबन्धित भइसकेकी छन् । पूजा र महेशको जोडी रहने वा नरहने विषयमा भने निर्माण पक्ष मौन छ ।

 

फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंक बुढाथोकीकै रहनेछ । निर्देशक बुढाथोकीले फिल्ममा दर्शकमाझ लोकप्रिय कलाकारलाई समेट्ने तयारी भइरहेको बताएका छन् । टंक बुढाथोकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मकी निर्माता विष्णुमाया मैनाली हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech