फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा- असोज १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक भएको छ । पौराणिक कथावस्तुमा आधारित भनिएको फिल्ममा सम्बन्धलाई लिएर उत्पन्न उतारचढावको कथावस्तु पेश गरिएको छ ।

अर्पण गिरीको डेब्यु निर्देशन रहेको फिल्मको कथावस्तुअनुसार दशैं छेकोमा प्रदर्शन गर्न लागिएको जनाइएको छ । गिरी ग्राण्ड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश नयाँ अनुहार छन् ।

निर्देशक गिरीसहित आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बरालको अभिनय छ । विशेष भूमिकामा कामेश्वर चौरासिया पनि छन् ।

विनोद सापकोटाको छायांकन, जोन तामाङ र अर्पण गिरीको संगीत, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र बन्दे प्रसादको सम्पादन छ । फिल्ममा युवराज गिरीको लगानी छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech