‘एक मुठी बादल’का लागि गौरव बिष्टले घटाए ९ केजी तौल

फिल्मी फण्डा। नेपाली फिल्मका उदाउँदा अभिनेता गौरव बिष्टले आफ्नो आगामी फिल्म ‘एक मुठी बादल’का लागि ९ केजी तौल घटाएका छन् ।

रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका गौरवले फिल्म क्षेत्रमा पनि राम्रो फड्को मारिरहेका छन् । उनले दुई वर्षअघि फिल्म ‘परस्त्री’बाट अभिनेताका रूपमा डेब्यु गरेका थिए भने अब ‘एक मुठी बादल’मार्फत पुनः दर्शकमाझ आउँदैछन् ।

हालै सार्वजनिक गरिएको क्यारेक्टर पोस्टरमा गौरवको लुकले ध्यान खिचेको छ । पोस्टरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ ।

यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाउँदै आफूलाई पात्रअनुसार पूर्ण रूपमा रूपान्तरण गरेका छन् । क्यारेक्टरमा डुब्नका लागि उनले गरेको मेहनत फिल्ममा प्रष्ट देखिने अपेक्षा गरिएको छ ।

फिल्ममा गौरवसँगै अभिनेत्री आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । अब उनको अभिनय कत्तिको प्रशंसित हुन्छ भन्ने कुरा भने फिल्म जेठ १ गतेदेखि प्रदर्शनमा आएपछि थाहा हुनेछ ।

 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech