चलचित्र पत्रकार संघ नेपालमा समीर बलामीको शानदार पुनरागमन, नयाँ कार्यसमिति गठन

फिल्मी फण्डा । चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो दशौं केन्द्रीय महाधिवेशनमार्फत आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न महाधिवेशनबाट समीर बलामी भारी मतका साथ पुनः अध्यक्षमा निर्वाचित हुँदै दोस्रो कार्यकालका लागि नेतृत्वमा निरन्तरता पाएका छन्।

कुल १४० मत खसेको निर्वाचनमा बलामीले आफ्ना प्रतिस्पर्धी जीवन कुमार पराजुली लाई पछि पार्दै ९५ मत हासिल गरे। यस जितसँगै उनले संघमा आफ्नो प्रभावशाली उपस्थिति पुनः प्रमाणित गरेका छन्। पराजुलीले ४२ मत प्राप्त गरेका हुन् ।  

उपाध्यक्ष ९संगठन० पदमा रघुनाथ सापकोटा ७३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी नविन गिरी ले ६२ मत प्राप्त गरे। महिला उपाध्यक्षमा दीपज्योती थापा ७५ मतसहित विजयी भइन्, जहाँ शुष्मा कार्की ६२ मतमा सीमित भइन्।

महासचिव पदमा कडा प्रतिस्पर्धाबीच गोपिकृष्ण चापागाईं ५४ मतसहित विजयी बने। उनका निकटतम प्रतिस्पर्धी मनिष कार्की ले ४४ मत प्राप्त गरे भने अन्य उम्मेदवार सिपी जैशी र पवन भट्टराई ले क्रमशः १९ र १८ मत पाए।

खुल्ला सचिव पदमा मदन रिजाल ले ९४ मत प्राप्त गर्दै सानदार जित निकाले। उनका प्रतिस्पर्धी सुरेन्द्र थापा ले ४५ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा मनिष अन्जान दाहाल ७४ मतसहित विजयी भए भने निशा बजगाई ले ६५ मत प्राप्त गरिन्। सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी प्रनव सुवेदी र सुजन श्रेष्ठ ले क्रमशः ४२ र ३४ मत प्राप्त गरे।

कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य र सचिव (समावेशी) मा महम्मद जालिम निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, सदस्य पदमा सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म संघको नेतृत्व सम्हाल्नेछ। हाल संघका देशभर १४ शाखा तथा विदेशमा समेत च्याप्टरहरु सक्रिय रहेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech