‘मास्टरनी’को फर्स्ट लुक सार्वजनिक, भदौ १२ मा प्रदर्शनमा आउने

फिल्मी फण्डा। फिल्म ‘मास्टरनी’को पहिलो झलक सार्वजनिक गरिएको छ। साथै, आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो।

भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको सम्पूर्ण छायांकन सम्पन्न भइसकेको छ। १७ दिनमा काठमाडौं र पोखरामा फिल्मको छायांकन गरिएको हो।

फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन्।

क्राइम थ्रिलर ‘मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको फिल्ममा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ। साथै, अन्य कलाकारहरूको सप्राइज उपस्थिती पनि रहने निर्माण टिमले जनाएको छ।

अभिनेत्री प्रियङ्का कार्कीको कथामा आधारित फिल्ममा सान बस्नेतको स्क्रिप्ट रहेको छ भने स्क्रिनप्ले र संवाद प्रियङ्का र शानले नै तयार पारेका हुन्।

फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech