पुष्प खड्का ‘महाराजधिराज’मा अनुबन्ध, दशैंमा रिलिज हुने तयारी

फिल्मी फण्डा। चर्चामा रहेको फिल्म महाराजधिराज मा अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन्। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर उनलाई मुख्य पात्रका रूपमा सार्वजनिक गर्दै विशेष पोस्टरसमेत सार्वजनिक गरेको हो।

पोस्टरमा पुष्प खड्का दुई फरक अवतारमा देखिएका छन्। एकातर्फ उनी राजसी पोशाक, श्रीपेच र राजदण्डसहित शक्तिशाली राजाको भूमिकामा छन् भने अर्कोतर्फ कमजोर र असहाय अवस्थामा कुर्सीमा बसेको दृश्यले फिल्मको गहिरो कथा संकेत गरेको छ।

निर्माण टिमका अनुसार फिल्मले थ्रिलर र पिरियड ड्रामाको मिश्रण प्रस्तुत गर्नेछ। निर्देशक सेनको ड्रीम प्रोजेक्ट मानिएको यस फिल्ममा करिब ८० जना कलाकारको अभिनय रहनेछ।

फिल्ममा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत लगायत कलाकारको अभिनय रहनेछ। छायांकन वैशाख दोस्रो साताबाट सुरु हुने र आगामी बडादशैंको फूलपातीमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य रहेको निर्माण टिमले जनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech