फिल्मी फण्डा। नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘जदौ’ को नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । अन्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्म भदौ १२ गते प्रदर्शन हुनेछ ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा प्रस्तुत गरिएको छ ।
अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण भएको फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन् ।
श्याम तामाङले खिचेको फिल्मको स्क्रीप्ट निर्देशक काजी स्वयमले लेखेका हुन । फिल्ममा सिपी पुडासैनी (धतुरे), बिनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), बिशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेललगायतका कलाकारको अभिनय छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ । पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्मप्रति दर्शकको उत्सुकता बढ्न थालेको छ ।
निर्माण टिमले चाँडै ट्रेलर तथा थप प्रचार सामग्री सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । फिल्मको बितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ ।