नयाँ वर्षमा ‘रत्यौली’ घोषणा, पूजा शर्मा र विजय बराल पहिलो पटक एकसाथ

फिल्मी फण्डा। नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् ।
 

नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको फिल्मको नाम ‘रत्यौली’ राखिएको छ ।
 

यो फिल्ममा नायिका पूजा शर्मा र नायक विजय बरालको जोडी बाँधिने पक्का भएको छ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।
 

मुस्कान ढकालको निर्देशनमा तयार हुने यो फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् ।
१ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका सुरज आचार्यले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् ।
 
 
उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् । ३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय सुरज आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह–निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् ।
 

सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ । पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ ।
 

फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech