‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित

फिल्मी फण्डा । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् ।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसाइँ र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेसनल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech