फिल्मी फण्डा। ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ।
आयोजक संस्था ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो। यसअघि आठौँ संस्करणसम्म न्यूयोर्कमा आयोजना हुँदै
आएको प्रतियोगिता यसपटक भने वासिङ्टन डी.सी.मा आयोजना हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार, विभिन्न सफल नेपाली कार्यक्रमहरू आयोजना गरिसकेको चन्द्र लामाको कम्पनी यूएसए इन्टरटेन्मेन्टले यस संस्करणमा लोकल होस्टका रूपमा सहकार्य गर्नेछ।
उनले फिनालेको स्थान परिवर्तन गरिएकाले यस वर्षको कार्यक्रम विगतभन्दा फरक र भव्य हुने बताए। साथै, यसपटक नेपाली सिने क्षेत्रसहित अन्य विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।
प्रतियोगिताको फिनाले आगामी जुलाई २५ (साउन ९) गते हुनेछ। प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानडामा बसोबास गर्ने १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन्।
त्यस्तै, न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक (प्लस टु) वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ।
‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुन लागेको हो।
इच्छुकहरूले प्रतियोगिताको आधिकारिक वेबसाइट
👉 https://missnepalnorthamerica.com
मार्फत आवेदन दिन सक्नेछन्।