दिपक दिपाको सिनेमा हल आज देखी सञ्चालनमा

फिल्मी फण्डा । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । 

 

लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो । हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिईन ।


उद्घाटनको दिन साे सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म 'नाङ्गो गाउँ' र  झरना थापा निर्देशित फिल्म 'एक भागवत  र एक गीता' लाग्नेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech