फिल्मी फण्डा। रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको फिल्म ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण टिमका अनुसार फिल्म चैत्रको पहिलो साता छायांकनमा जाने तयारीमा रहेको छ।