फिल्मी फण्डा । कलाकार सुनिल थापाको निधन भएको छ ।
६८ वर्षीय थापाको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । बिहान सुतिरहेकै अवस्थामा बेहोस् रहेका थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।
कार्डियाक अरेस्ट भएको अनुमान छ’, अस्पताल स्रोतले भन्यो, ‘ हस्पिटल आउने बित्तिकै ईसीजी गरिएको थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयो ।’
अस्पतालाले उनको पारिवारीक सदस्यहरुलाई कुरिरहेको छ । थापाका पारिकार भारतमा थिए । घटना लगतै नेपाल प्रस्थान गरेको बताइएको छ ।