लण्डनमा ‘गोर्खा वारिअर’को प्रिमियर

फिल्मी फण्डा । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ । बेलायती सेनाको गोर्खा बटालियनले दोस्रो विश्वयुद्धको क्रममा मलायामा लडेको बहादुरीपूर्ण लडाइँको कथामा फिल्म अाधारित छ । 

स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजित समारोहमा बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । समारोहमा नेपाली फिल्म निर्माता, निर्देशक, कलाकार र पत्रकार समेत  उपस्थित थिए ।  

निर्देशक चाम्ससहित फिल्मका कलाकारहरु रितेश चाम्स र रेविका गुरुङ र दीया पुन परिवारसहित समारोहमा उपस्थित भएका थिए । कार्यक्रममा सहभागी हुन धीरेन शाक्य, सन्तोष सेन, प्रेम पुरी, ज्योति राई, जनकदीप पराजुलीसहित पत्रकारहरु लण्डन पुगेका छन् ।  फिल्मलाई यसै वर्षभित्र नेपालमा रिलिज गर्ने तयारी रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech