फिल्मी फण्डा– गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीज गीत ‘दौतरी’ सार्वजनिक भएको छ । पछिल्लो समय भड्किलो तीज गीत बजारमा भित्रिरहेको समय ‘दौतरी’ मौलिक शैलीमा आएको छ ।
सुरज लामिछानेको शब्द, संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् । गीतको भिडियोमा भने गायिका तथा मोडल सुमित्रा तमाङको अभिनय छ । करण चैसिरको छायांकन, टेकेन्द्र भट्टको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
भिडियो तामाङकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सुमित्राले यसअघि चैतारीको वर, खिस्स मुस्कान, मलेखु माछा लगायतका गीतमा स्वर तथा सम्झना विर्सना, बेसिमा गाँउ, यो जुनेली रात लगायत दर्जनौ गीतका भिडियोमा मोडलिङ गरेकी छन् ।