‘एक भगवत् गीता’को नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ फाईनल, भोली सेन्सर हुने

फिल्मी फण्डा । धार्मिक संघ सस्थाहरुले फिल्मको नाम परिवर्तन गर्न माग गर्दै विवादमा रहेको फिल्म 'एक भगवत् गीता'ले आज सेन्सर सिफारिस पाउने निश्चित भएको छ ।  

शुक्रवार बोर्डमा धर्म गुरु भनिएका सागर थापा र फिल्मका निर्माता सुनिल कुमार थापा बिच नाममा ड्यास् राख्ने सहमती  भएको थियो । आईतवार बोर्डले सेन्सर सिफारिस दिने बेलामा  धार्मिक अन्य संघ संस्थाले नाम नै परिवर्तन गर्नु पर्छ भनेपछी बोर्डमा थप छलफल भएको छ । छलफलबाट निर्माण टिमले ’एक भगवत् र एक गीता’ (सामाजिक कथा) नाम राख्न सहमत जनाएपछी दुबै पक्षबिच सहमती भएको छ । 

आजै फिल्मले चलचित्र विकास बोर्डबाट जाँच पासका लागि सिफारिस पाउने भएको छ । संभवत आज बेलुका सेन्सरमा निवेदन पुग्ने र सोमबार बिहान फिल्मको सेन्सर हुने भएको छ ।  

धार्मिक सस्थाहरुले चलचित्र बिकास बोर्डमा फिल्मको नाम परिवर्तनका लागि निवेदन दिएका थिए । बोर्डले नाम फेर्न लगाउन र जाँच पाँच सिफारिस रोक्ने बोर्डसँग अधिकार नरहेको बताएपछी धार्मिक संघ संस्था संचार मन्त्रालय पुगेको थियो । मन्त्रालयबाट सो बिषयमा छलफल गरी समस्या समाधान गरिदिन भन्दै बोर्डलाई पत्र पठाएको थियो ।  त्यसपछी बोर्डले फिल्मका टिम र धार्मिक संघ संस्थाहरु दुबै पक्षलाई छलफल गराएको हो ।  

सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन । फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ ।  फिल्म यही भाद्र २९ गतेबाट विश्वभर रिलिज हुँदैछ ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech