प्रमोद खरेलले  जिते प्रतिलिपि अधिकारको मुद्दा

काठमाडौं– जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।


जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।

गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech