काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले नेपाली फिल्म हेर्ने बानी बसाले अरु फिल्महरु क्रमशः पाखा लाग्ने टिप्पणी गरेका छन् । नेपाली फिल्म ‘ऐंचोपैंचो’ हेरेपछि मिडिया कुराकानीमा उनले विदेशी फिल्म लक्षित उक्त अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘अहिलेको ग्लोबल सोसाइटीमा कुनै पनि फिल्मलाई प्रतिबन्ध लगाउन त सकिंदैन, तर नेपाली फिल्म हेर्ने र नेपाली फिल्मलाई माया गरियो भने अरु फिल्म क्रमशः पाखा लाग्छन् ।’
उनले ‘ऐंचोपैंचो’लाई नेपाली फिल्म उद्योगका लागि राम्रो गिफ्ट भएको समेत बताए । उनले फिल्ममा चित्रण गरिएका सन्दर्भ नेपाली राजनीतिसँग मिल्दोजुल्दो भएको बताए ।