काठमाडौं– अभिनेता पल शाह फिल्म ‘मायावी’बाट पुनरागमन गर्ने भएका छन। अभिनेता पल शाह निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा अनुबन्धित भएका हुन् ।
डेढ वर्षपछि कमब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमब्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।