फ्राईडे रिलिज : मुकुनको 'ऐंचो पैंचो' भर्सेस मुकुनकै 'गणपति'

फिल्मी फण्डा । आज बिहीवार (भाद्र १४) बाट एकसाथ दुई नेपाली फिल्म रिलिज भएका छन् । अभिनेता मुकुन भुषाल अभिनित फिल्म 'ऐंचो पैंचो' र मुकुन भुषालले नै अभिनय गरेको अर्को फिल्म 'गणपति' आजबाट एक साथ देभर रिलिजमा आएका छन् । यसो त दुईटै फिल्म खाडी मुलुक र अष्ट्रेलियामा पनि एक साथ रिलिजमा आएको छ । एउटै कलाकारको दुई फिल्म एकै दिन रिलिज हुँदा मुकुन भुषाललाई केही असहज पक्कै हुँदो हो ।

निर्मात्री कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको 'ऐंचो पैंचो'मा स्वस्तिमा खड्का, शुशिल सिटौला, मुकुन, बर्षा राउत, कोशिश क्षेत्री, राजाराम पौडेल, रमेश बुढाथोकी, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको अभिनय रहेको छ । 

राजनीतिक व्यंङग्य र ऐंचो पैंचोको घुसपैठ सम्बन्ध वारे फिल्म निर्माण भएको छ । के.पी. फिल्म्सको ब्यानरमा प्रितम लामिछाने र आध्या लामिछानेद्वारा निर्मित फिल्ममा विशाल चौलागाईं सहनिर्माता रहेका छन् भने अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणाको भीएफएक्स, मुकेश शाहको साउन्ड डिजाइन तथा विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

यस्तै आजबाटै रिलिजमा आएको फिल्म 'गणपति'ले एक व्यक्तिको अस्वभाविक रूपमा जन्म, बाल्यकाल र युवा अवस्थाको उतारचढावलाई देखाइएको छ। 

सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुनसँगै मेनुका प्रधान, प्रकाश घिमिरे, कविता न्यौपाने, सूर्यमाला शर्मा, राजाराम पौडेल, अंशु मानन्धर, पुष्कर गुरुङ, जयनन्द लामा, सुशिल पोखरेल, देवेन्द्र बब्लु, कालु राना, टीका भक्त जिरेललगायत कलाकारको अभिनय छ।

यो फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो। एबिगम्यान फिल्म्स ब्यानरको फिल्ममा लक्ष्मण थापाको लगानी फिल्ममा छ। हरिबहादुर घलेले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन्। 

'ऐंचो पैंचो'लाई रोहित रत्नले वितरण गरेका हुन् भने 'गणपति'लाई सुनिल मानन्धर र एफडी कम्पनीले वितरण गरेका हुन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech