फिल्मी फण्डा । चलचित्र विकास बोर्डले बर्षेनी राष्ट्रिय अवार्डको आयोजना गर्दै फिल्मकर्मीलाई सम्मान तथा निश्चित विधामा पुरस्कार प्रदान गर्दै आएको छ । यसलाई बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह नाम दिइएको छ । २०८० को समारोह मंगलवार राष्ट्रपति कार्यालयमा सम्पन्न भएको छ ।
बोर्डले समारोहको व्यवस्थापकीय पक्षलाई सुधार गर्दै कार्यक्रम सम्पन्न गरेको हो । समारोहमा उपस्थित विशिष्ट फिल्मकर्मी, अतिथि तथा पुरस्कृत र सम्मानीतहरुलाई नेम प्लेटसहित बस्ने व्यवस्था मिलाईएको थियो ।
यस्तै यस पटक समारोहको लागि एलईडी राखेर कार्यक्रमको चित्राङ्कन समेत गरेको थियो । जसमा स्टेजमा भईरहेको गतिविधिलाई स्क्रिनमा चित्र मार्फत प्रस्तुत गरेका थिए । सम्मान तथा पुरस्कार वितरण गर्दा पनि त्यसको सेटअप र खादा, प्रमाण पत्र तथा ट्रफी वितरणको व्यवस्थापन समेत यस पटक उत्कृष्ट ढंगले मिलाइएको थियो । यस आधारमा बोर्डले यस पटकको समारोह नयाँ प्रविधि र उत्कृष्ट व्यवस्थापनको साथ सम्पन्न गरेको छ ।
डामाडोल निर्णय
बोर्डले सरकारी निकायको पदमै रहेका केहीलाई समेत सम्मान प्रदान गरेको छ । यस्तो निर्णय गरेर बोर्ड फेरि आलोचनामा परेको छ । यस्तै बोर्डले तीन दर्जनलाई एकै पटक एकै मञ्चमा विशेष योगदानबाट सम्मान गर्नु आँफैमा आलोचनाको विषय पनि हो ।
बर्षको एक पटक बोर्डले विशिष्ट फिल्मकर्मीलाई योगदानको आधारमा विशेष योगदान सम्मान दिँदै आएको छ । बोर्डले पहिले आफ्नो आयोजनाको एक समारोहमा विशेष योगदान सम्मानसँगै नगद राशि समेत उपलब्ध गराएको थियो । यस पटक भने रित्तो हात एउटा प्रमाण पत्रले विशेष योगदान सम्मान मात्रै प्रदान गरेको हो । सरकारी मिडिया बाहेक अन्यलाई रिर्पोटिङमा स्ेपस नदिनु र ३३ जना विशेष योगदानबाट सम्मानितहरुलाई राष्ट्रपतिको हातबाट सम्मानित नगरिनु जस्ता निर्णयहरु पनि आलोचनाको विषय बनेको छ ।
यस्तै फिल्मको विभिन्न विधामा पुरस्कार दिँदै आएको बोर्डले यस पटक २०७९ बाट उत्कृष्ट फिल्मको विधा नै हटाएको छ । यो विधा किन र के कारणले हटाइएको हो त्यो विषयमा बोर्डले कुनै जानकारी दिएको छैन । बुझिए अनुसार निर्णयक समितिले उत्कृष्ट फिल्मको नाम दिएपनि बोर्डले पुरस्कार प्रदान नगरेको बताइएको छ ।
यसो त उत्कृष्ट फिल्म विनाको पुरस्कार समारोह केही खल्लो हुने नै भयो । अर्कोतर्फ निर्णायक समितिका संयोजक राजेन्द्र शल्लभ नै समारोहमा उपस्थित थिएनन् । पुरस्कार दिएका केही विधासमेत आलोचनात्मक देखिन्थे । यसको जिम्मा भने राजेन्द्र शल्लभ संयोजक रहेको निर्णायक समितिले लिनुपर्ने हुन्छ ।
अन्तमा
जे होस् यस पटक बोर्डले राष्ट्रिय अवार्डको व्यवस्थापकीय पाटोलाई गत बर्षका कार्यक्रमहरु भन्दा सुधारे गरेको देखिन्छ । तर निर्णायक पक्षहरुमा भने बोर्ड र समितिहरु चुकेको देखिन्छ । आगामी दिनहरुमा बोर्डले विशेष योगदान सम्मानको संख्या घटाउने र कार्यविधि बनाएर कार्यविधि अनुसार नगदसहित सम्मान गरिने गर्नु पर्दछ ।
यस्तै निर्णायक समिति पनि कार्यविधि अनुसार गठन गरि मूल्याङकनको पनि सैद्धान्तिक प्रक्रियामा मूल्याङकन सिट तयार गरि पुरस्कार प्रदान गर्नु उत्तम हुनेछ । फिल्मकर्मी र संचारकर्मीलाई पूर्ण रुपमा समेट्दै बृहत्त कार्यक्रम बनाउन बोर्डले राष्ट्रिय अवार्डलाई राष्ट्रपति कार्यालयबाट बाहिर ल्याएर कुनै भव्य स्थानमा समारोह गर्नु राम्रो हुनेछ । त्यसको लागि संचार तथा सूचना प्रविधि मन्त्रालय मार्फत नेपाल सरकारले चलचित्र विकास बोर्डलाई सहयोग गर्नु पर्नेछ ।
फोटो : विवेक बस्याल/चलचित्र विकास बोर्ड
पुरस्कृत र सम्मानित हुनेहरूको नामावली: