फिल्मी फण्डा । ५ महिना यता रिलिज भएका सबै नेपाली फिल्महरु बक्स अफिसमा लगातार असफल भैरहेका छन् । नयाँ बर्षको अवसरमा रिलिज भएको फिल्म 'जारी'को अलावा कुनै नेपाली फिल्मले यस बिचमा नाफा कमाउन सकेका छैनन् । फिल्मबाट निर्माताले मात्र नभएर करोडौं लगानी गरेर हल सञ्चालन गरिरहेका हलवालाहरुले पनि नाफा कमाउन आवश्यक पर्छ । नत्र हल नै बन्द हुने सम्भावना हुन्छ । यदि नेपाली फिल्म मात्रै रिलिज हुने अवस्था थियो भने नेपालका अधिकांश हलहरु बन्द भइसक्थे । नेपाली फिल्म चलाउनु घाटाको सौदा हो भन्दै धेरै हवालाले गुनासो गदै आइरहेका छन् । किनभने अधिकांश नेपाली फिल्मले हलको विजुली र कर्मचारीको खर्च पनि उठाउन सक्दैनन् ।
त्यसको गतिलो उदाहरण भनेको पछिललो समय चलचित्र विकास वोर्डले सार्वजनिक गरेको बक्स अफिस डाटा हो ।जहाँ १० फिल्मले १ हजार ओटा पनि टिकट बेच्न सकेका छैनन् । उता २३ फिल्मले १० हजार पनि टिकट बेच्न सकेका छैनन् । यसको मतलब ति फिल्मले हलको विजुलीको पनि खर्च उठाउन सकेनन्, ति सबै फिल्म हल व्यवसायिको लागि घाटाको सौदानै थियो ।
तर नेपाली हलवालाहरको लागि विदेशी र विशेष गरेर हिन्दी फिल्महरु बरदान सावित भएका छन् । पछिल्लो ४, ५ महिना यता रिलिज भएका विदेशी फिल्मले नेपाली फिल्मले भन्दा अनुमानित १० गुण धेरै ब्यापार गरिसकेका छन् । जबकि ति विदेशी फिल्महरूले पनि त्यति उत्कृष्ट ब्यापार गरेका भने होइनन् । तरपनि नेपाली फिल्मको तुलनामा भने निकै राम्रो ब्यापार गरिरहेका छन् ।
यता हल व्यवसायीलाई पनि नेपाली फिल्म सँग कुनै अपेक्षा छैन, उनीहरु नेपाली फिल्म प्रति खासै चासो देखाउँदैनन् । हिन्दी फिल्ममाथि नै उनिहरुको विश्वास टिकेको देखिन्छ । उनीहरु बहुप्रतिक्षित हिन्दी फिल्म जवान, सलार लगायतको जति प्रतिक्षामा छन् त्यति कुनै नेपाली फिल्मको लागि छैनन् होला । पछिल्लो ३ महिनामा मात्रै हिन्दी र हलिउड फिल्महरु जस्तै 'रकि और रानी कि प्रेम कहानी, गदर २, ओमएमजि २, ड्रिम गर्ल २, सत्या प्रेम कि कथा, ओपन ह्यामर, मिसन इम्पोसिवल ७, बाब्रि लगायत विदेशी फिल्महरूले जति दर्शक ताने त्यसको १० प्रतिशत पनि कुनै नेपाली फिल्मले तान्न सकेनन् ।
ति विदेशी फिल्महरूले बक्स अफिसमा राम्रो कमाइ गरे भने नेपाली फिल्मले हलको खर्च मात्रै बढाए । जसको कारण नेपाली हल सञ्चालन विदेशी फिल्मकै भरमा भैरहेको छ भन्दा फरक नपर्ला