फिल्मी फण्डा । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'महानगर' बक्स अफिसमा डिजास्टर भएको छ । फिल्मले देशभर औषत ४ प्रतिशतको मात्रै अकुपेन्सी लिएपछि अधिकांश हलबाट उत्रिसकेको छ । कारण फिल्मले बेचेको टिकट बाट हल सञ्चालनको खर्च पनि उढ्न सकेन । यता गत शुक्रबार बाटै प्रदर्शनमा आएको फिल्म 'जय हो'ले भने औषत ब्यापार गरीरहेको छ । फिल्मले गत शनिबार दर्शकको राम्रो साथ पाएको थियो ।
भदौ लागेपछि फिल्म हल हरुमा दर्शकको चाप बढ्ने अनुमान गरीएको थियो । कारण केहि अपेक्षा गरिएका फिल्महरु यस महिनामा प्रदर्शन हुदै थिए । तर दुर्भाग्य महिनाको सुरुवातमै प्रदर्शन भएका दुई फिल्म 'हिँड्दा हिँड्दै' र 'जुलेबी' पनि डिजास्टर भएका थिए । अब अर्को हप्ता अर्थात् आगामी बिहिबारबाट प्रदर्शनमा आउन लागेका २ फिल्म 'ऐँचो पैँचो' र 'गणपति'ले कस्तो ब्यापार गर्ने हो हेर्न बाँकि रहेको छ ।