फिल्मी फण्डा । चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरूको सूची सार्वजनिक गरेको छ ।
हरेक बर्ष राष्ट्रपतिबाट बोर्डले चलचित्रकर्मी र चलचित्रका केही विधालाई राष्ट्रिय सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ । राष्ट्रपति कार्यालयमा १२ गते (सोमबार) आयोजना हुने भनिएको कार्यक्रमको लागि अहिलेसम्म कुनै पनि मिडियालाई औपचारिक रुपमा निम्तो गरिएको छैन ।
चलचित्र विकास बोर्डका एक सदस्यका अनुसार यो पटक समाचार संकलन वा फोटो भिडियोका लागि भन्दै मिडियालाई निषेध गर्न लागेको बताए । अनौपचारिक रुपमा केही मिडियाका व्यक्ति उपस्थित हुन सकिएला तर मिडिया कै रुपमा उपस्थित गराउन मुश्किल भएको उनले फिल्मी फण्डालाई बताए ।
राष्ट्रपति कार्यालयबाट नै सुरक्षाको दृष्टिकोणले धेरै मिडिया आवश्यक नरहेको र सरकारी मिडियालाई औपचारिक खबर हुने भएकोले अन्य मिडियालाई रोक लगाउन लागेको बुझिएको छ । यस बारेमा अहिलेसम्म बोर्डले औपचारिक जानकारी भने गराएको छैन ।
चलचित्र विकास बोर्डको निर्णयानुसार सम्मानितहरुको सूची यस प्रकारको रहेको छ ।


