फिल्मी फण्डा । आजबाट देशभर फिल्म जयहो रिलिज भैसकेको छ बरिष्ठ निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, अर्पण थापा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । पछिललो ४ महिना यता रिलिज भएका सबै नेपाली फिल्महरु बक्स अफिसमा असफल भएकोले जय हो बाट दर्शक र फिल्मी बृत्तका सबैलाई ठुलो आसा रहेको छ । फिल्ममा युवापुस्ता निकै लोकप्रिय रहेका कलाकार सलोन बस्नेत, केकी अधिकारी जोडिको रुपमा प्रस्तुत हुँदै छन् । त्यसैले फिल्म जयहो लाई चल्नै पर्ने दबाब रहेको छ । गत बुधबार फिल्मजय हो को भब्य प्रिमियर शो को आयोजना गरीएको थियो । जहाँ फिल्मको बिभिन्न पक्षले अधिकांश दर्शकको तारिफ बटुलेको थियो । आज म तिनै बिषयलाई समेटेर फिल्म चल्न सक्ने पाँच आधारहरु बताउने छु ।
फिल्म चल्न सक्ने पहिलो आधार हो फिल्मको दृश्य तथा छायांकन पक्ष :
फिल्मको लगभग सबै दृश्यहरु मुस्ताङ मा खिचिएको छ । पोखरादेखि मुस्ताङ सम्मको यात्रामा फिल्मको कथा चल्ने भएकोले फिल्ममा देखाइने सबै दृश्यहरूले दर्शकहरुलाई मुस्ताङ कै यात्रा गराउँछ । ति मनमोहक दृश्यहरूलाई सौरभ लामाले निकै आकर्षक रुपमा क्यामेरामा कैद गरेका छन् । फिल्म हेरेका दर्शकहरुले पनि सबैभन्दा तारिफ गरेको पक्ष यहि हो । दर्शकलाई ति दृश्यहरूले आनन्दित तुल्याउँछ भने स्वयं भ्रमणमा गएको महसुश गराउँछ । २ घण्टा १५ मिनेटमै दर्शकले पोखरा देखि मुस्ताङ सम्मको यात्रा गर्नेछन् । फिल्म हेरीन्जेल ति दृश्यहरूले दर्शकको आँखा शितल बनाइराख्नेछन् ।
फिल्म चल्न सक्ने अर्को आधार भनेको फिल्ममा निशा अधिकारी र माओत्से गुरु को केमेष्ट्री हो :
फिल्ममा माओत्से गुरुङ र निशा अधिकारीको केमेष्ट्री सप्राई गर्ने किसिमको छ, फिल्ममा जसरी केकी र सलोनको केमेष्ट्री अघि बढ्छ, त्यसरी नै ति दुईको केमेष्ट्री पनि समानान्तर रुपमा अघि बढ्छ । ति दुईको केमेस्ट्रिमा जुन किसिमको अपनत्व र प्रेम झल्किन्छ त्यो देखेर दर्शकलाई आनन्दको महसुश हुन्छ । उनिहरुले केकी र सलोनलाई गर्ने माया र प्रेमको कारण फिल्मले दर्शकलाई पारिवारीक पनको महसुश गराउँछ । विशेष गरेर पारिवारिक कथामा बनेका फिल्महरु दर्शकको रुचाइमा पर्छन् । त्यस्तै निशा र माओत्सेले पारिवारिक परिवेशमा रहेर सलोन र केकी सँग ब्यवहार गर्छन् । जसको कारण दर्शकले ति क्यारेक्टर सँग आफुलाई सहजै जोडिएको महसुश गर्न सक्नेछन् ।
त्यस्तै फिल्म चल्न सक्ने तेस्रो कारण हो फिल्ममा रहेको गीत :
फिल्ममा रहेको गीत सुनमा सुगन्ध भन्दा फरक नपर्ला, जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि र म आगो भए तिमी पानी बन्नु है बोलको गीत फिल्म रिलिज अघि हिट भैसकेका थिए । ति गीतहरुलाई हलको स्क्रिनमा हेर्नुको छुट्टै मज्जा रहेको छ । त्यसमाथि ति गीतहरुमा देखाइने लोकेशन त झनै आकर्ष र मनमोहक रहेका छ, जसको कारण दर्शकलाई थप मनोरञ्जन प्राप्त हुनेछ ।
फिल्म चल्ने अर्को कारण भनेको केकी र सलोनको केमेष्ट्री हो :
चुलबुले केकी र सोझो र शान्त सलोन बिचको केमेष्ट्री युवा पुस्ताका दर्शकलाई उद्वेलित बनाउने छ । उनिहरुविचको टकराव र प्रेमले दर्शकहरुलाई रोमाञ्चित बनाउँछ । केकीको क्यारेक्टर सँग अधिकांश दर्शकले आफुलाई जोड्न सक्छन् भने यता सलोको क्यारेक्टर पनि युवाहरुले आफु भित्रकै एक पात्रको रुपमा महसुश गर्नेछन् । युवायुवतीमा हुने स्वाभाविक भावनाहरुलाई केकी र सलोनले बखुबी निभाएका छन् । उनिहरुको नोकझोक बाट दर्शकले भरपुर मनोरञ्जन लिनेछन् ।
फिल्म चल्नसक्ने पाँचौं कारण भनेको फिल्मले दिने सन्देश हो :
फिल्ममा केकीको क्यारेक्टर र उनको परिवारले दिने सन्देश फिल्म भित्रको सबैभन्दा महत्वपुर्ण पक्ष हो । परिवार भित्रको आन्तरिक बिषयमा समझदारी नहुँदा छोराछोरीमा पर्न सक्ने मानसिक असर र परिवारमा आउनसक्ने तमाम समस्याहरुलाई फिल्मले निकै मनोरञ्जनात्मक हिसाबले चित्रण गरेको छ । जसको कारण हरेक दर्शकले ति घटनालाई आफ्नो परिवार सँग जोडेर हेर्नेछन् । त्यसैले फिल्ममा पारिवारिक दर्शकहरु आकर्षित हुनेछन् । अझै सामान्यतय नेपालको सहरी क्षेत्रमा यस्तै समस्याहरु व्याप्त छन् । फिल्मले ति समस्याहरलाई विशेष महत्वका साथ उठान गरेको छ । दर्शकहरु ति सबै बिषय सँग सजिलै जोडिने छन् ।