प्रिमियरमा 'जय हो'लाई मिश्रित प्रतिक्रिया, छायांकार सौरभ लामाको प्रशंसा

फिल्मी फण्डा । भोली शुक्रबारबाट देशभर रिलिज हुन लागेको फिलम 'जय हो;को हिजो बुधबार राजधानी स्थित रञ्जना सिनेप्लेक्स भब्य प्रिमियर शो आयोजना गरीएको थियो । शोभित बस्नेतको प्रस्तुतिमा सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म 'जय हो'को प्रिमियरमा फिल्मीकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो । 

ट्राभल लभस्टोरी कथामा निर्माण भएको फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । फिल्म हेरेर निस्किएका अधिकांश फिल्मीकर्मीले विशेष गरी छायांकन पक्षको प्रशंसा गरेका छन् । छायांकार सौरभ लामाले  पोखरादेखि मुस्ताङसम्मको लोकेशनलाई आकर्षक रुपमा पर्दामा उतारेको अधिकांशको प्रतिक्रिया थियो ।

फिल्म हेरेर निस्किएकी नायिका पूजा शर्माले पनि सौरभ लामाको कामको प्रशंसा गरिन् । साथै, उनले फिल्ममा कलाकारले पनि राम्रो काम गरेको बताइन् । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका सदावहार नायक भुवन केसीले पनि फिल्मको प्रशंसा गरे । उनले पनि फिल्मको लोकेशन, कथावस्तु, कलाकारको अभिनय सबै मन परेको प्रतिक्रिया दिए ।  

फिल्म हेरेर निस्किएका कलाकार हरिवंश आचार्यले शोभितको फिल्म सबै दृष्टिकोणबाट उत्कृष्ट रहेको बताए । उनले फिल्ममा कलाकारको अभिनय, कथावस्तु, छायांकनपक्ष सबै दर्शकको मन छुने  प्रतिक्रिया दिए । नायिका गौरी मल्ल, निर्मात्री पूनम गौतम, निर्देशक नरेश पौड्याल लगायतले पनि फिल्मको हरेक पाटोको प्रशंसा गरेका थिए । गौरी मल्लले नायिका केकी अधिकारीको अभिनयको खुलेरै प्रशंसा गरिन् । 

टेक पौरखी राइको निर्देशनमा तयार भएको फिल्म फिल्म जय हो २ घन्टा १५ मिनेट लामो रहेको छ । फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, माओत्से गुरुङ र निशा अधिकारीको मुख्य भूमिका रहेको छ । 

jay ho (1).jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech