'वडा नंबर ६' को सिक्वेल बन्ने

फिल्मी फण्डा । २०७२ साल असोज १ गते प्रदर्शन भएको सुपरहिट फिल्म 'वडा नंबर ६'को नाममा सिक्वेल निर्माण हुने भएको छ । स्रोतका अनुसार कलाकार दिपकराज गीरी र दिपा श्री निरौला वडा नंबर ६ को सिक्वेल निर्माणमा जुटेका छन् । लेखक समेत रहेका दिपकराज गीरी अहिले फिल्मको कथा लेखनमा खटिएका छन् । 

बरिष्ठ निर्देशक उज्जल घिमिरेको निर्देशन बनेको 'वडा नंबर ६'ले त्यस समय रेकर्ड तोड ब्यापार गरेको थियो । उक्त फिल्मको सिक्वेल बन्ने चर्चाको बिच निर्माण टिमले छक्का पञ्जा फिल्मको निर्माण गरेको थियो । उक्त फिल्मले कमाइको मामलामा नयाँ किर्तीमान कायम गरेपछि छक्का पञ्जाकै सिक्वेलहरु निर्माण हुन थालेका थिए । अहिलेसक्क छक्का पञ्जाको ४ पार्ट निर्माण भैसकेका छन् । अब भने दिपक दिपा ८ बर्ष पुरानो हिट नाममा सिक्वेल निर्माण गर्न तयार भएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech