फिल्म 'नाङ्गो गाउँ'को ट्रेलर सार्वजनीक

फिल्मी फण्डा । दिपेन्द्र लामा निर्देशित फिल्म 'नाङ्गो गाउँ'को ट्रेलर सार्वजनीक गरीएको छ । ट्रेलरलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनीक गरीएको हो । ३ मिनेट ५७ सेकेन्डको ट्रेलरमा गाँउले राजनीतिमा हुने खिचातानीलाई मनोरञ्जनात्मह हिसाबले देखाइएको छ । 

भदौ २९ गतेबाट रिलिज हुने फिल्मको ट्रेलर गाउँको समसामयिक बिषयमा केन्द्रित रहेको छ । एक इमान्दार शिक्षक र भ्रष्ट राजनीतिज्ञ बिचको युद्ध, परम्परागत राजनीति र भ्रष्टाचारले गाउँमा विकास हुन नसकेको कारण कसरी एक शिक्षक राजनीतिमा होमिन सक्छ भन्ने बिषय फिल्मको ट्रेलरले उठान गरेको छ ।  

फिल्ममा दयाहाङ राई, शिशिर बाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।

हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता रामहरी श्रेष्ठ हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech