फ्राइडे रिलिज : हलहरूमा 'जुलेबी' र 'हिँड्दा हिँड्दै' 

फिल्मी फण्डा । आजबाट देशभरका हलहरूमा २ नेपाली फिल्महरु 'जुलेबी' र 'हिँड्दा हिँड्दै' रिलिज भएका छन् । दुबै फिल्महरु न्युन शो र स्क्रिनमा रिलिज भएका छन् । दुबै फिल्म को विहानी शो निकै निराशाजनक रहेको जानकारी प्राप्त भएको छ । फिल्म हेर्न दर्शकको उपस्थिति निकै न्युन रहेको छ । यदि फिल्मको वर्ड अफ माउथ राम्रो आए पछि पिक अप लिने सम्भावना पनि रहेको छ । 

फिल्म प्रति दर्शकको खासै चासो र उत्सुकता नभएकोले फिल्महरूले मल्टिप्लेक्समा स्थान पाएका छैनन् । केहि सिंगल स्क्रिन हलहरूमा भने यि दुबै फिल्मले राम्रो स्थान पाएका छन् । २ विदेशी फिल्महरु प्रदर्शन भएकोले मल्टिप्लेक्सहलहरुले 'हिँड्दा  हिँड्दै' लाई शो दिन आवश्यक नै ठानेन भने 'जुलेबी'लाई पनि निकै न्युन शो दिएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech