'रावायण' फिल्ममा कलाकारहरुको भिड, शिल्पा पछि प्रमोद पनि थपिए  

फिल्मी फण्डा । निर्देशक सुदर्शन थापाले 'रावायण' नाममा फिल्म निर्माण तथा निर्देशन गर्दै छन् । पछिल्लो दिनहरुमा उक्त फिल्म स्टारकास्टको कारण चर्चामा रहँदै आएको छ । फिल्मको लिड रोलमा अनमोल केसी फाइनल भैसकेका छन् । केहि दिन अघिमात्रै फिल्ममा निती शाह,कामेश्वर चौरासिया र शिल्पा मास्के पनि अनुबन्धित भएका थिए । र आज निर्माण टिमले फिल्ममा प्रमोद अग्रहरीलाई पनि अनुबन्ध गरेको छ । 

फिल्ममा प्रमोद पनि जोडिएपछि उनको भुमिकालाई लिएरु प्रश्नहरु उठ्न थालेका छन् । फिल्ममा अनमोलनै हिरो र भिलेनको भुमिकाका देखिदै छन् । त्यसैले प्रमोद हिरो हुन् या भिलेन भन्नेमा दर्शकहरुको कौतुहलता बढेको छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहने फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् । आफैले निर्देशन गरेको पछिल्लो २ फिल्महरु बक्स अफिसमा कमजोर भएपछि निर्देशक सुदर्शन थापा आफ्नै निर्माणमा फिल्म बनाउन तम्सिएका हुन् ।म यस्तो गीत गाउँछु-२ कोरोना कहरकै प्रवाबबिच रिलिज भएका कारण पनि असफल भएको निर्माण पक्षले दावी गर्दै आएको छ । 

उता लेखक शिवम् अधिकारी पनि आफ्नो लेखेका हिरो रिर्टन्स बक्स अफिसमा कमजोर भएपछि सफलताको प्रतिक्षा गरीरहेका छन् । निर्देशक र लेखक दुबै फिल्म रावायणले सफलता दिनेमा ढुक्क देखिन्छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech