मल्टिप्लेक्समा नेपाली फिल्महरूको बिजोग : जुलेबीलाई न्युन शो, हिँड्दा हिड्दैले शो नै पाएन

फिल्मी फण्डा । नेपाली फिल्महरूलाई काठमाण्डौंका मल्टिप्लेक्सले कहिल्यै पनि महत्व दिने गरेका छैनन् । हिन्दी फिल्म या विदेशी फिल्म आउनासाथ नेपाली फिल्मलाई निकाल्न मल्टिप्लेक्स हरुले समय कुर्दैनन् । 

उसोत नेपाली फिल्मलाई शो दिएपनि अधिकांश फिल्म दर्शक अभावकै कारण २ दिनमै उत्रिन्छन् । त्यसैले पनि मल्टिप्लेक्सले प्राय नेपाली फिल्महरूलाई शो नै दिदैन । त्यस्तै भोली शुक्रबारबाट देशभर रिलिज हुन लागेको फिल्म हिँड्दा हिड्दैलाई पनि कुनै मल्टिप्लेक्स हलहरले एक शो पनि दिएका छैनन् । उक्त फिल्म अब सिंगल स्क्रिन हलहरूमा मात्रै रिलिज हुने छ । त्यसैपनि उक्त फिल्मलाई लिएर दर्शकमाझ खास कुनै उत्सुकता छैन । 

यता भोली नै प्रदर्शन हुन लागेको फिल्म जुलेबीले पनि मल्टिप्लेक्स को हेपाहा प्रवृतिको सामना गरीरहेको छ । फिल्मले काठमाण्डौंको मल्टिप्लेक्सहरुमा मुस्किलले शो हरु पाएको छ । उक्त फिल्मलाई क्यूएफएक्सले हरेक हलमा १ शो मात्र दिएको छ भने बीग मुभिजमा १ र वान सिनेमाज्माले १,१ शो मात्र दिएको छ । 

यसरी नेपाली फिल्मलाई मल्टिप्लेक्सवालाहरले हेपेको पहिलोपटक हैन, यस अघि पनि हिन्दी फिल्मको सहारामा धेरै नेपाली फिल्मको बलि चढेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech