रङ्गेली ग्याङ्स्टर्सको टाइटल परिवर्तन, अब 'रङ्गेली' मात्रै

फिल्मी फण्डा । केहि दिन अघि दयाहंग राई र मिरुना मगरलाई लिएर फिल्म 'रङ्गेली ग्याङ्स्टर्स'को निर्माण घोषणा गरीउको थियो । तर अहिले उक्त टाइटल परिवर्तन गरीएको छ । 'रङ्गेली ग्याङ्स्टर्स'बाट 'ग्याङ्स्टर्स' हटाइएको छ । अब फिल्मको टाइटल 'रङ्गेली' मात्रै हुनेछ । सोमबार निर्माण टिमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको हो । निर्माण टिमका अनुसार छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीका स्थानीय समुदायका अग्रजहरू र स्थानीय निकायको आग्रहमा शीर्षक परिमार्जन गरिएको हो ।

निर्माण टिमले जारी गरेको ब्यत्तव्य मा उल्लेख गरीएको छ 'यो परिमार्जनले हाम्रो समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस फिल्म को छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस फिल्मको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएोले उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । साथै फिल्मको टाइटल परिवर्तन गरीएपनि स्क्रिप्टमा कुनै परिवर्तन नगरीएको निर्माण टिमले जानकारी दिएको छ ।

साथै, 'रङ्गेली'को थिम पोस्टर सार्वजनिक गर्दै रिलिज डेट समेत घोषणा गरिएको छ । आगामी भदौ २० गतेबाट छायाङ्कनमा जाने फिल्मको रिलिज डेट आगामी महाशिवरात्रीको अवसर पारेर २०८० सालको फागुन २५ गतेलाई तोकिएको छ । मोरङको रंगेली वरपरको विषयवस्तुमा केन्द्रित रहने फिल्ममा दयाहाङ राईको अलावा मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ ।

सुशन प्रजापतिले छायाङ्कन गर्ने फिल्मको कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । साथै संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको फिल्ममा युवक कार्की र शिव थपलिया सह निर्माता हुन् भने विवेक खड्का एशोसियट निर्माता हुन् ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech