रामबाबुले ‘डिग्री माइला’ बनाउने, नयाँ बर्षमा रिलिज गर्ने घोषणा

फिल्मी फण्डा । फिल्म 'कबड्डी' सिरिजका निर्देशक रामबाबु गुरुङले नयाँ फिल्म 'डिग्री माइला'को निर्माण तथा निर्देशन गर्ने भएका छन् । 'किन चाउरीयो मरिच, आफ्नै रागले' ट्यागलाइन रहेको फिल्मको पुरा नाम 'डिग्री माइला एमए थर्ड क्लास' रहने छ ।

गुरुङले फेसबुकमार्फत फिल्मको टाइटल पोस्टर सर्वजनिक गर्दै उक्त फिल्मको औपचारिक घोषणा गरेका हुन् । साथै उनले आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । 

निर्देशक गुरुङले फेसबुकमा स्टाटस लेखेका छन्, 'बाँसुरी फिल्म्सकै ब्यानरले निमार्ण गर्न लागेको हाम्रो आगामी फिचर फिल्म डिग्री माइला म थर्ड क्लास घोषणा गर्न पाउँदा खुसी लागेको छ, जुन नेपाली नयाँ वर्ष २०८१ मा रिलिज हुने छ।'

फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित रहने छ । सम्भवत फिल्ममा रामबाबुको कोर टिममा रहेका कलाकारहरुनै  मुख्य भूमिकामा देखिने छन् । बुझिए अनुसार फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ हुने छन् ।  तर, अहिलेसम्म कलाकारको लाइनअप घोषणा गरिएको छैन । टाइटल अनुसार फिल्म कमेडी जनरामा बन्ने अनुमान गर्न सकिन्छ । 

367040217_6738989586152062_8146450376671532225_n.jpg

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech