अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड : यि हुन् नेपालबाट सहभागी हुने कलाकारहरु

फिल्मी फण्डा । अमेरिकाको न्युयोर्क राज्यमा आज अर्थात् अगस्त १२ आयोजना भैरहेको छैटौं संस्करणको ग्लोबल नेपाली फिल्म अवार्ड २०२३ मा सहभागी हुन पछिल्लो हप्ता देखि अमेरिका पुग्ने कलाकारहरको लाइन लागेको थियो । नेपाली फिल्म गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को यस छैटौं संस्करण न्युयोर्कमा आयोजना भएको हो । 

यस पटक यो समारोहमा सहभागी हुन नेपालबाट निखिल उप्रेती, नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, कृष्ण मल्ल, सञ्जय खतिवडा, शर्मिला मल्ल, प्रियंका कार्की, अनमोल केसी, सरोज खनाल, दिलिप रायमाझी, आयुष्मान देशराज जोशी, रेश्मा घिमिरे लगायतका कलाकारहरु पछिल्लो हप्ता यता अमेरिका प्रस्थान गरेका छन् । उक्त अवार्डमा अमेरिकामै बसोवास गर्दै आएका नेपाली कलाकारहरु दिलिप रायमाझी ,मेलिना मानन्धर, रिचा घिमिरे, जल शाह, पुजा चन्द, अरुणिमा लम्साल, सारङ्गा श्रेष्ठ, शंकर घिमिरे लगायत पनि सहभागी भएका छन् । यसरी उक्त अवार्ड समारोहमा नयां तथा पुराना पुस्ताका गरि ७० भन्दा बढी कलाकारहरुको जमघट भएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेको हो । अवार्डका संरक्षक तथा नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल हुन् भने ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech