रेखा थापा र ज्ञानेन्द्र देउजा माथि सुलक्षणको आरोप

फिल्मी फण्डा । नाटककार तथा निर्देशक सुरक्षण भारतीले नायिका तथा निर्मात्री रेखा थापा तथा निर्देशक ज्ञानेन्द्र देउजा माथि वान लाइन स्टोरी चोरीको ओरोप लगाएका छन् । केहि समय अघि नायिका रेखा थापाले ज्ञानेन्द्र देउजाको निर्देशन रहने गरी फिल्म उपहारको निर्माण घोषणा गरेकी थिइन् ।

सुलक्षणले आफ्नो अनुमति विनानै उक्त कथा माथि फिल्म निर्माण गर्न लागेको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले फेसबुकमा स्टाटस राख्दै लेखेका छन् ''रेखा जी र देउजा जी दुबै प्रति गम्भीर आपत्ती प्रकट गर्न चाहन्छु । मेरो  वा कथामाथि मेरो अनुमती र परिश्रमिक बिना नै काम गर्न खोज्नु कति सम्म न्यायोचित होला ? मेरो प्रश्न ?''

उनको उक्त पोस्टमा निर्देशक देउजाले रियाक्ट गरेका छन्, उत्त रियाक्टमाथि सुलक्षणले जवाफ फर्काउँदै लेखेका छन् 'प्रश्नको जवाफ मागेको हो ज्ञानेन्द्र जी थमस् अप होइन' । उनको उक्त प्रश्नको जवाफ नआएपछि उनले अर्को कमेन्ट गर्दै लेखेका छन् 'आउनुस ज्ञानेन्द्र जी बौद्धिक सम्पातिको संरक्षणको बारेमा बहस गरौ'

उनको उक्त कमेन्टको जवाफ दिदै निर्देशक देउजाले सम्बन्धित ठाउँमा सम्पर्क गर्न आग्रह गरेका छन् । त्यसको जवाफमा सुलक्षणले लेखेका छन् ''आजको समयमा सम्बन्धित ठाउँ भनेकै यो प्ल्याट्फर्म फेसबुक हो । मलाइ बहसबाट न्याय चाहिएको हो अदालतबाट होइन ज्ञानेन्द्र जी । म बहसको लागि तयार छु । आउनुस बहस गरौ । यो बिषयको सम्बन्धित मन्छे तपाई र रेखा जी हुन्न हुन्छ ।''

सायद सुलक्षणले फेसबुकमा न्याय पाउने अपेक्षा गरेका थिए, त्यसैले उनले अर्को कमेन्ट गर्दै लेखेका छन् ''तपाईहरु फिल्म बनाउदा जनतामा जान तयार हुनुहुन्छ बहसको लागि किन जनतासँग भाग्नु हुन्छ । आउनुस समाजको अगाडि उभिएर कुरा गरौ । यो यस्तो ठाउँ हो जहाँबाट आउने पुस्तालाई पनि बिषय सम्पत्तिको बारेमा ज्ञान दिन सकिन्छ'' .

यता निर्देशक ज्ञानेन्द्रले भने कथा लेखनकै क्रममा सक्पकमा नआएको उल्टो आरोप सुलक्षणलाई अगाएका छन् । सुलक्षणले पुनः प्रति उत्तर दिँदै आफु निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

यसरी हेर्दा नायिका तथा निर्मात्री रेखा थापा, निर्देशक ज्ञानेन्द्र देउजा र सुलक्षण बिच कथाको बिषयमा पहिले नै छलफल भएको बुझिन्छ । विभिन्न नाटकको लेखन तथा निर्देशन गर्दै आएका सुलक्षणले लगाएको आरोपमाथि रेखा र ज्ञानेन्द्रले कस्तो कदम उठाउलान् त ? हामि निरन्तर फलोअपमा रहने छौं । 

सुलक्षणको आरोप फेसबुकमा हेर्नुहोस् 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech