फिल्मी फण्डा । फिल्म 'जय हो'को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर रिलिज कार्यक्रम गरिएको थियो । निर्माताद्धय सुरज ल्वागन र राज के अधिकारीको पहलमा ट्रेलर रिलिज कार्यक्रम आयोजना गरीएको थियो ।
निर्माताद्धय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत फिल्मको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए । फिल्मको कार्यक्रममा नेपाली तथा अष्ट्रेलियाका मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो । फिल्मको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् ।
टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनका अलवा निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, माओत्से गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन समीर मियाँको भीएफएक्स रहेको छ । फिल्मको ट्रेलर सन्देश शाहले काटेका हुन्।
फिल्मका लेखक सुरेश न्यौपाने हुन् भने निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।