'कामिनो'मा नयाँ ट्वीस्ट : नीतिले अनमोल रोजेपछि प्रदीपलाई साथ दिदै आना 

फिल्मी फण्डा । निर्देशक दीपक वलीले स्पेनिस शब्दलाई सापटी लिएर 'कामिनो' फिल्मको निर्माण गर्दै छन् । 'कामिनो'को नेपाली अर्थ हो बाटो । तर यस फिल्मले अहिलेसम्म बाटो तताउन भने सकेको छैन । फिल्मको निर्माण घोषणा भएको बर्ष दिन पुग्नै लागेको छ । तर फिल्म फ्लोरमा जानु अघिनै विभिन्न समस्याले घेरिरहेको छ । फिल्मबाट धमाधम कलाकारहरु बाहिरिन थालेका छन् । वर्कसप गराएर तयार पारिएका कलाकारहरुले फिल्म छाडेका छन् भने हतार हतारमा अन्य कलाकारलाई अन बोर्ड झिकाउन बाध्य भएको छ निर्माण टिम । यसै शिलशिलामा फिल्मकी नायिका नीति साहाले भर्खरै रावायण नामक फिल्मको लागि कामिनोबाट हात झिकेकी छिन् । नीतिले 'कामिनो'मा प्रदिप खड्का सँग पहिलो पटक फिल्ममा काम गर्दै थिइन्, तर त्यो सम्भव हुन भने सकेन । फिल्मको सुटिङ अश्चित भएको भन्दै नीति फिल्मबाट बाहिरिन् । उनि बाहिरीए लगत्तै निर्माण टिमले प्रदीपको अपोजिटमा आना शर्मालाई भित्र्याएको छ । यहाँ रोचक कुरा के छ भने आना शर्माले अनमोलकै फिल्म 'जेरी' बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन् । उता नीति साहाको पनि अनमोलकै फिल्मबाट डेब्यु हुँदै छ । भरखरै फिल्म 'रावायण'मा अनुबन्धित भएकि नीतिले कामिनोको लागि लामो समय वर्कसप पनि गरेकी थिइन् । अन्तत 'रावायण'को लागि नीतिले वर्कसप को निम्ति लामो समय दिएको फिल्म नै छाडिन् । यता अनमोलकै हिरोइनको रुपमा चिनिने आनाले भने प्रदीपको साथ दिने भएकी छिन् । 

निर्माण टिमले सुटिङ मा जाने पक्का नभइ निर्माण घोषणा गरेर वर्कसप थालेको थिए । तर वर्कसप गरेर फिल्मको लागि तयार भएका कलाकारहरुले नै फिल्मबाट हात झिक्न थालेका छन् । अहिलेसम्म फिल्मबाट सौगात मल्ल र बर्षा शिवाकोटीले हात झिकिसकेको चर्चा छ । उनीहरुले  कामिनोको सम्भावित सुटिङ डेट र अन्य फिल्मलाई दिएको डेट जुधेको कारण फिल्मबाट हात झिकेको बताइएको छ  । अझै पनि फिल्म फ्लोरमा जाने पक्का भएको छैन । जसको कारण फिल्मका अन्य कलाकारहरुले पनि फिल्म छाड्न सक्ने सम्भावना रहेको छ । यसरी हेर्दा वर्कसपमा बसेका सबै कलाकार बाहिरिने र फ्लोमा जाने सायममा चै सबै नयाँ कलाकार हुने अवस्था सिर्जना हुन सक्छ ।

फिल्म कामिनोबाट पहिलोपटक प्रदिप र आनाको सहकार्य हुँदै छ । 'कामिनो'मा अबैध बाटोबाट अमेरिका जाने नेपाली हरुको कहानी देखाइने छ । फिल्मका लेखक महेश दवाडी हुन् । एक्सेस नेपाल फिल्मस्को निर्माण रहेको फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली । कामिनो नेपाली भाषामा निर्माण हुने साथै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा डब हुने निर्माण टिमले बताउँदै आएको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech