चर्चा 'रावायण'को : फरक प्रकृतीका निर्देशक, लेखक र कलाकारको केमेस्ट्री कस्तो ?

फिल्मी फण्डा । केहि दिन यता निर्देशक सुदर्शन थापाले 'रावायण' नामक फिल्मको निर्देशन गर्ने समाचार बाहिरियो । उनले उक्त फिल्ममा पछिल्लो पुस्ताको स्टार हिरो अनमोललाई पहिलोपटक निर्देशन गर्दै छन् । हामिले अनमोल र नीति साह पहिलोपटक एकै फिल्ममा स्क्रिन सेयर गर्न लागेको समाचार पनि प्रकाशित गरेका थियौं । यता निर्देशक थापाले 'रावायण' मौलिक कथामा नभई आधुनिक कथामा बन्ने बताएका छन् । र यसै फिल्ममा अनमोल पहिलोपटक दोहोरो भुमिकामा देखिने छन् ।

तर आज हामि यस फिल्म सँग जोडिएको केहि तथ्यपरक बिषयमा तपाईहरुको ध्यान केन्द्रित गर्न चाहान्छौं । यस फिल्मका निर्देशक सुदर्शन थापा हुन् र उनि एक समयका सफल निर्देशक पनि हुन्, उनले केहि दर्शकबाट स्टार निर्देशकको उपनाम पनि पाएका छन् । तर के आज उनको पहिलेकै जस्तो चार्म छ त ? के उनि पहिलेजस्तै सफल फिल्म बनाउन सक्छन् त ? हुनत उनले अहिलेसम्म बनाएका फिल्महरु सधैं चर्चामा रहने गरेका छन्  । अधिकांश फिल्मले लगानी सुरक्षित गरेपनि केही फिल्मले बक्स अफिसमा घाटाको ब्यापार गरेका छन् । उनको केही फिल्महरु बजेट धेरै भएकै कारण बक्स अफिसमा असफल भएको निर्माताहरुले बताउने गरेका छन् । उनले निर्माता सन्तोष शेन सँग मिलेर २ फिल्मको निर्देशन गरेका थिए । सन्तोषले सार्वजनिक कार्यक्रममै आफ्नो फिल्मको बजेट धेरै भएको कारण राम्रोसँग चल्दापनि नाफा कमाउन नसकेको बताएका थिए । उक्त फिल्महरु हुन् 'चंखे शंखे पंखे' र 'प्रेम गीत'। जस मध्ये 'चंखे शंखे पंखे'को बिषयमा त सन्तोषले आफुहरुले लहैलहैमा लागेर फिल्मलाई हिट बताउन फेक कलेक्सन सार्बजनिक गरेको समेत उल्लेख गरेका थिए । उक्त फिल्मबाट आफु निकै घाटामा पुगेको समेत उनको दाबी थियो । 'प्रेम गीत २' को प्रचारप्रसारको क्रममा सन्तोषले यस बिषयमा बोलेका थिए जुन भिडियोहरु युट्युब उपलब्ध छन् । उक्त तथ्य हामिले नभई सुदर्शनकै निर्माताहरुले सार्वजनिक रुपमा बोलेका हुन् । उनले पछिल्लो समय निर्देशन गरेको फिल्म 'सम्हालिन्छ कहिले मन' र 'प्रसाद २' बक्स पनि अफिसमा कमजोर देखिएका थिए । प्रसाद २ पटकथा कमजोर भएकै कारण सुपर फ्लप भयो । ति फिल्म अघि प्रदर्शन भएको 'म यस्तो गीत गाउँछु २' पनि बक्स अफिसमा औसत रह्यो । फिल्मका हिरो पल शाह फिल्म रिलिज आसपासमा जेल चलान भएपछि पब्लिक सेन्टिमेन्टले पल शाहका फ्यानहरु हलसम्म पुग्दा फिल्मले लगानी सुरक्षित गर्न सफल भएको थियो । उनले निर्देशन गरेका अन्य फिल्म 'रामकहानी' र 'चंखे शंखे पंखे' पनि बक्स अफिसमा कमजोर भएको थियो । पछिल्लो १ दशकमा उनले निर्देशन गरेका 'प्रेम गीत' र 'म यस्तो गीत गाउँछु' फिल्मले बक्स अफिसमा ठूलो चर्चा त दिए तर तथ्याङ्क अनुसार नाफा भने कमाउन सकेको थिएन । तथापी उनकै निर्देशनमा प्रदीप खड्का र पुजा शर्मा फिल्म प्रेम गीतबाट स्टार भए । पछिल्लो ७ फिल्मको नतिजा हेर्ने हो भने सुदर्शनको निर्देशकीय क्षमता केही खस्केको पक्कै देखिन्छ ।  

उता लेखक शिवम् अधिकारीको लेखनको इतिहास बलियो भएपनि पछिल्लो अवस्था कमजोर छ । उनले पछिल्लो समय लेखेका केही फिल्महरु बक्स अफिसमा पछारिएको छ । उनी कथा लेखनमा आफुलाई अपडेट गर्न नसकेको पछील्लो फिल्महरुले देखाईरहेको छ । उनको कथासँग पछिल्लो पुस्ताका कलाकार कनेक्ट हुन सकिरहेका छैनन् । त्यसमाथि 'रावायण' जस्तो संवेदनशील बिषयमा उनले कस्तो कहानी लेखे होला ? सबैलाई जिज्ञासा पैदा भएको छ ।  उनको प्राय फिल्मको कहानीहरू हिन्दी र साउथ फिल्मबाट प्रभावित हुने गरेको फिल्म निर्माता निर्देशकले दाबी गर्दै आएका छन् । अब आधुनिक 'रावायण' माथि उनले पुर्ण न्याय गर्न सक्ने गरी वा अझ भनौं  दर्शकले मन पराउने गरी कथा लेखेका होलान् त ? प्रतिक्षाको बिषय बनेको छ ।

'छड्के २. ०' असफल भएपछि तनावमा रहेका अनमोल 'रावायण'बाट फेरी सफलता कायम गर्ने दाउमा छन् । यता निर्देशक सुदर्शन थापा अनमोलसँग पहिलो पटक काम गर्दै प्रेम गीत र म यस्तो गीत गाउँछुको चर्चालाई ब्रेक गर्ने दाउमा छन्     । लेखक शिबम् अधिकारी पनि चर्चाका निर्देशक सुदर्शन र स्टार अनमोलसँग काम गर्दा पुरानै अवस्थामा अझ भनौ हिट लेखक कै रुपमा प्रस्तुत हुने दाउमा छन् । बक्स अफिसमा अनमोलको अझै बलियो स्टारडम रहेको पाईन्छ । उनको फिल्मलाई राम्रै ओपनिङ लाग्ने गरेको छ । अब हेर्न बाँकि यो रहेको छ तीन फरक प्रकृतीका निर्देशक, लेखक र कलाकारको केमेस्ट्रीमा ‘रावायाण’ कस्तो बन्नेछ ?

(निर्देशक सुदर्शन थापा र लेखक शिवम् अधिकारीका केही तथ्य फरक पर्न गएकोले सच्याइएको छ । )

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech