फिल्मी फण्डा । हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘कोशेढुंगा’ निर्माणको आधिकारिक घोषणा गरेका छन्। यस चलचित्रका प्रमुख कलाकारहरूको लाइनअप पूरा भएको छ, जसमा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह र प्रवीण खतिवडा समावेश छन्।
‘कोशेढुंगा’ एक सोसल ड्रामा हुनेछ जसमा अभाव, संघर्ष र ठूलो सपना पुरा गर्ने कथाबारे चर्चा गरिनेछ। थिम पोस्टरबाट महिलाका पात्रलाई मुख्य भूमिका दिन चाहेको संकेत गरिएको छ, तर निर्देशक पौडेलले अहिले सम्म महिला पात्रको नाम सार्वजनिक गरेका छैनन्।
फागुन २ गतेदेखि चलचित्रको छायांकन सुरु हुनेछ र यो २०८२ सालमा रिलिज हुने योजना बनाइएको छ।
अन्तर्राष्ट्रिय वितरण अधिकार ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ भने निर्माण र लगानी नरदेवी फिल्मस, प्रेविल कँडेल र हरि महतले गरेका छन्। बाबु श्रेष्ठ चलचित्रका डीओपी ९डायरेक्टर अफ फोटोग्राफी० हुनेछन र सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन्।
‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पछी, ‘कोशेढुंगा’ पनि दर्शकहरूको अपेक्षाअनुसार राम्रो प्रतिक्रिया पाउने आशा गरिएको छ।